Deshko News
१८ आश्विन २०८०, बिहिबार

भारतमा रेल दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २८८ पुग्यो



नयाँ दिल्ली, जेठ २० । भारतको ओडिशा राज्यमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या कम्तीमा २८८ जना पुगेको जनाएको छ।

बीबीसीले जनाएअनुसार ओडिशाको बालासोरनजिक भएको उक्त दुर्घटनामा परी नौ सय जनाभन्दा बढी घाइते भएको स्थानीय प्रशासनले जनाएको छ। मृतकको संख्या बढ्न सक्ने भारतीय अधिकारीहरुले बताएका छन्। भारतमा यो शताब्दीकै सबैभन्दा खराब रेल दुर्घटना मानिएको छ।

घटना शुक्रबार साँझ भएको थियो। घाइतेको उद्धारका लागि दुई सयभन्दा बढी एम्बुलेन्स परिचालन गरिएको ओडिशाको प्रमुख सचिव प्रदीप जेनाले बताए।

रेल दुर्घटनाको विषयमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी आज ओडिशाको भ्रमण गर्न लागेकी छन् । रेलवेको खड़गपुर डिभिजनका डीआरएमका अनुसार रेल दुर्घटनापछि कम्तिमा १३ वटा ट्रेन या त डाइभर्ट गरिएको छ वा रद्द गरिएको छ।

शनिबार बिहानको लागि तय गरिएको मुम्बई–गोवा वन्दे भारत एक्सप्रेसको उद्घाटन समारोह ओडिशामा रेल दुर्घटनाका कारण रद्द गरिएको छ। प्रधानमन्त्री मोदीले यो ट्रेनलाई झण्डा हल्याएर उदघाटन गर्ने कार्यक्रम थियो ।

प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News