Deshko News
६ आश्विन २०८०, शनिबार

रुसमा छ यस्तो खतरनाक जेल, कैदीले माग्छन् मृत्युको भिख



काठमाडौं । सुरुमा यस्तो जेल बनाइएको छ कि जहाँ रहेका कैदीहरूलाई सोच्नै सकिने तनाव दिइन्छ । यसरी तनाव दिइन्छकी जसको पछाडि उनीहरू मृत्युको भिख माग्न थाल्छन्। यो विषय एक रूसी जेलको हो। जहाँ युक्रेनी नागरिकहरूलाई मात्र राखिन्छ।

जब रूस र युक्रने युद्ध सुरू भयो त्यति बेलादेखि पक्रिएका हजारौँ युक्रेनी नागरिकहरूलाई रूसको यो जेलमा राखिन्छ। सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार यो जेललाई सिम्फरोपोल डिटेन्शन सेन्टर नामबाट जानिन्छ।

अलेक्जेन्डर ताराकोभलाई मे २०२२ मा सो जेलमा कैद गरिएको थियो। उनले अपराधिक र रूसको विरोध गर्ने एक समाचार माध्यमलाई सो जेलको बारेमा सत्यता बताएका छन्। अलेक्जेन्डरलाई मार्चमा गिरफ्तार गरिएको थियो। उनीमाथि कब्जा गरिएको खेरसनमा रूसविरुद्ध र्‍याली आयोजना गरेको आरोप लागेको थियो।

उनका अनुसार यातनाका नाममा बिजुलीको झट्का दिइन्छ। सबैलाई एकै खालको यातना दिइन्छ । जेलबाट मानिसहरू भाग्न नपाउन भनेर हिसंक कुकुरहरू राखिएका छन्।

उनले भने, ‘यो चार्ज तपाईंको शरीरको हरेक मांसपेशी फाइबरमा गएर विस्फोट हुन्छ र त्यसपछि तपाईंको मांसपेशीहरू संकुचित हुन थाल्छन्। जब यसरी यातना दिइन्छ, त्यसबाट आफूलाई बचाउन केही गर्न सकिँदैन, त्यसो गर्‍यो भने झन् बिग्रन्छ।’

ताराकोभले जेलमा हाल्नुअगाडि रुसीहरूले कब्जा गरेको भवनको तहखानेमा यातना दिएको बताए। उनीहरूको कानमा बिजुलीको तार टाँसेर प्रदर्शन गर्नेहरुको नाम सोधे।

सो बाहेक एक रूसी एजेन्टले उनको काँधमा बन्दुक राखे र गोली हान्न धम्की दिन थाले। यस जेललाई मध्ययुगको कालकोठरीको रूपमा वर्णन गर्दै ताराकोभले थप भने, ‘नयाँ कैदी आउनेबित्तिकै उसलाई राति जेलको कोठरीमा यसरी नै यातना दिइन्छ।’

सो जेलमा कैदी भएर जीवन बिताएका अर्का व्यक्ति म्याक्सिमले पनि आफ्नो भोगाइबारे बताएका छन्। युद्ध सुरू भएदेखि नै युक्रेनले रुसमाथि युद्ध अपराध गरेको आरोप लगाउँदै आएको छ भने रुसले यी सबै आरोप अस्वीकार गर्दै आएको छ।

प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News