पहिरोमा पुरिएकी बालिकाको ६ घन्टापछि उद्धार


 


पाँचथर, असार ३ । पाँचथरको फालेलुङ गाउँपालिका–३ मा पहिरोले पुरेर बेपत्ता भएकी ८ वर्षीय बालिकाको ६ घन्टापछि सकुशल उद्धार गरिएको छ।

गएराति हजुरबुबा मनप्रसादसँगै सुतेकी बालिका जुना घरमाथिबाट खसेको पहिरोमा परी बेपत्ता भएकी थिइन्।

उनलाई आज बिहान स्थानीयले घाइते अवस्थामा उद्धार गरी जिल्ला अस्पताल पाँचथर पुर्‍याएका छन्। फालेलुङमा अविरल वर्षासँगै आएको बाढीपहिरोले हेवा खोलाका दुइटा मोटरेबल पुल र एउटा झोलुंगे बगाएको छ।

प्रकाशित मिति: ३ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्