चिकित्सकले मृत घोषणा गरेकी महिला पाँच घण्टापछि जिवित !


 


बाबाहोयो । चिकित्सकले मृत घोषणा गरेको पाँच घण्टापछि एक ७६ वर्षीया महिला जीवित भएकी छन् ।

इक्वेडोरको बाबहोयो सहरकी सेवानिवृत्त नर्स बेला मोन्टोयालाई चिकित्सकहरूले मृत घोषणा गरेका थिए । उनलाई मृत घोषणा गरेपछि शवलाई ‘कफिन’मा राखेर स्मृति सभा गरी अन्त्येष्टिका निम्ति समाधिस्थल लैजान लाग्दा उनले भित्रबाट ढकढक्याएकी अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्क सिएनएनले जनाएको छ ।

इक्वेडरको स्वास्थ्य मन्त्रालयले ती महिलालाई हृदयाघात भएको बताएको छ । चिकित्सकले उनलाई मृत घोषणा गरेको विषयमा अनुसन्धानका लागि प्राविधिक समिति गठन गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको विज्ञप्तिअनुसार मोन्टोयालाई बाबाहोयोको मार्टिन इकाजा अस्पताको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो र पछि उनलाई मृत घोषणा गरिएको थियो ।

प्रकाशित मिति: ४ असार २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्