विश्व क्रिकेट लिग : नेपाल र केन्याको खेल फागुनमा हुने


 


काठमाडाैं, मंसिर १२

विश्व क्रिकेट लिग च्यम्पियनसिप अन्तरगत नेपाल र केन्याको खेल फागुन अन्तिम साता हुने भएको छ । अन्तर्राष्ट्रिय त्रिकेट काउन्सिल आईसीसीले फागुन २८ र ३० अर्थात मार्च ११ र १३ मा खेलाउने प्रस्ताव गरेको हो । यसको विकल्पमा चैत ५ र ७ गते अर्थात मार्च १८ र २० पनि प्रस्ताव दुबै देशलाई गरिएको छ ।

क्रिकइन्फोले पनि आफ्नो खेल तालिकामा नेपाल र केन्याबीचको खेल मार्च ११ र १३ मा हुने उल्लेख गरेको छ । तर, आईसीसीले औपचारिक घोषणा गर्न बाँकी छ ।

नेपाल क्रिकेट संघ स्रोतका अनुसार खेल फागुन २८ र ३० मा हुने सम्भावना छ । तर, स्थान भने तय भइसकेको छैन । यो नेपाल होम गोम हुनु पर्ने हो । तर, नेपाल क्रिकेट संघ आईसीसीको निलम्बनमा छ ।

यदि नेपालमा खेल गर्ने हो भने नामिबियासँगको खेलमा जस्तै आईसीसी आफैंले व्यवस्थापन गर्नु पर्ने हुन्छ । र, खेल नेपालमा नै आयोजना गराउन पहल भइरहेको बताइएको छ ।

चौथो चरणको खेल सकिँदासम्म नेपाल ६ अंकसहित छैटौं स्थानमा छ । र, शीर्ष चारमा परेर विश्वकप छनौट खेल्ने सम्भावना जिवितै राख्न अबका खेलहरु जित्नै पर्ने दबाव छ ।

प्रकाशित मिति: १२ मंसिर २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्