डेढ महिनादेखि बेपत्ता महिलाको अस्थिपञ्जर फेला


 


धनगढी, साउन १४ । कैलालीको लम्कीचुहा नगरपालिका ४ मा डेढ महिनादेखि बेपत्ता एक महिलाको अस्थिपञ्जर फेला परेको छ ।

३३ वर्षीया मन्जु रावलको अस्थिपञ्जर फेला परेको स्थानीयहरूले बताएका छन्। उनको खुट्टा, मेरूदण्डलगायत शरिरका भाग ढुंगाले चेपेर राखेको अवस्थामा अस्थिपञ्जर फेला परेको हो।

मन्जुलाई श्रीमानतर्फका आफन्तले मारेर जंगलमा फालेको आरोपसमेत लागेको छ। घटनास्थलमा डोरीसमेत भेटिएको छ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी टोली घटनास्थल गएको छ । थप अनुसन्धान गरेपछि मात्रै घटनाबारे विस्तृत जानकारी दिन सकिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १४ श्रावण २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्