कालोमोसो दलेको भन्दै नेविसंघ मोरङ अध्यक्ष निलम्बन


 


काठमाडौं, साउन १५ । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश दाहालमाथि कालोमोसो दलेको भन्दै नेविसंघ मोरङका अध्यक्ष निलम्बन भएका छन् ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्तिमार्फत कालोमोसो दल्ने नेविसंघ मोरङका अध्यक्ष सरोज पोखरेललाई निलम्बन गरिएको जानकारी गराएका छन् ।

कालोमोसो दल्नु नेविसंघको आदर्श, मूल्य–मान्यतावको विपरीत भएकोले केहीलाई कारबाही गरिएको अध्यक्ष शेर्पाले बताएका छन् ।

नेविसंघका नेता पोखरेललगायतले सेवा आयोगका अध्यक्ष प्रा.डा. दाहालमाथि निवासमै पुगेर कालोमोसो दलेका थिए । कालोमोसो दलेको आरोपमा उनी पक्राउसमेत परेका थिए ।

प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्