महिला टी–२० विश्वकप क्रिकेटको तालिका सार्वजनिक


 


काठमाडौँ, वैशाख २३ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नवौँ संस्करणको महिला टी–२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ ।

अक्टोबर ३ देखि २० सम्म बंगलादेशमा टी–२० विश्वकपका लागि १० वटा टिमलाई दुईवटा समूहमा बाँडिएको छ ।

भारत, अष्ट्रेलिया, न्यूजिल्यान्ड, पाकिस्तान र क्वालिफायर–१ को टिम समूह ‘ए’ मा छन् ।

यस्तै दक्षिण अफ्रिका, इङल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र क्वालिफायर–२ को टिम समूह ‘बी’ मा छन् ।

क्वालिफायर–१ र क्वालिफायर–२ का लागि यही अप्रिल २५ देखि यूएईमा भइरहेको टी–२० विश्वकप छनोटको फाइनलमा पुग्ने दुई टोली छानिनेछन् ।

अक्टोबर ३ मा इङ्गयान्ड र दक्षिण अफ्रिकाले खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछन् ।

प्रकाशित मिति: २३ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्