फुटबलर चढेको विमान दुर्घटना


 


ballकाठमाडौं , मंसिर १४

ब्राजिलको फुटबल टोली बोकेको विमान कोलम्बियामा दुर्घटनामा परेको छ। बोलिभियाबाट चार्टर गरी उडेको उक्त विमानमा करिब ७२ जना यात्रु रहेको समाचारमा जनाइएको छ।

मेडेल्लिन अन्तर्राष्ट्रिय विमानस्थलले विमानमा समस्या आएको पुष्टि गरेको छ। विमानस्थलले आफ्नो ट्विटर एकाउन्टमार्फत यस्तो जानकारी दिएको हो।

स्थानीय सञ्चारमाध्यमले विमानमा ब्राजिलियन फुटबल टोलीका सदस्यहरू रहेको पुष्टी गरेका छन् भने अधिकारीहरूले पनि यसको पुष्टी गरेका छन्।

उक्त टोलीले कोपा सुडामेरिका प्रतियोगिता एथ्लेटिको नासियोनलसँग बुधबार प्रतिष्पर्धा गर्ने जनाएको थियो।

मेडेल्लिनका मेयर फडेरिको गुटिएर्रेजले उक्त दुर्घटनामा यात्रु जिवित रहन सक्ने सम्भावना रहेको उल्लेख गरेको दी गार्डियनले जनाएको छ।

उनका अनुसार एम्बुलेन्स तथा उद्धारकर्मीको टोलीलाई विमान दुर्घटना भएको स्थानतर्फ गइरहेको जनाएका छन्। दुर्घटनाको कारणबारे भने खुल्न सकेको छैन।

 

प्रकाशित मिति: १४ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्