भिभोको ‘वाइ २७’ नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?


 


काठमाडौं, साउन २१ । भिभोले आफ्नो वाइ सिरिजमा नयाँं मोडलको ‘वाइ २७’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

आकर्षक डिजाइन सार्वजनिक गरिएको ‘वाइ २७’ एक उत्कृष्ट मास्टरपिस रहेको कम्पनीले जनाएको छ । यो डुअल रिङ डिजाइन र २.५ डि फ्ल्याट फ्रेमसहित बजारमा आएको छ ।

४४ वाटको फ्ल्यास चार्जिङ सपोर्ट गर्ने यस वाइ २७ मा ५००० एमएएचको ब्याट्रि रहेको छ । त्यस्तै, यसमा नाइट टाइम चार्जिङ प्रोटेक्सन पनि रहेको छ ।

६ जिबि ¥याम र ६ जिबिको एक्स्टेन्डेड र्याम भएकोले गर्दा एपहरु स्विच गरिरहनु पर्ने, धेरै ट्याबहरू खोलेर वेब ब्राउज गर्ने र संगीत सुन्ने प्रयोगकर्ताहरूका लागि यो फोन विशेष रूपमा उपयोगी छ ।

नेपाली बजारमा २३ हजार ९९९ रुपैयाँमा सार्वजनिक भएको वाइ २७ हेर्नमा अत्यन्त आकर्षक छ ।

प्रकाशित मिति: २१ श्रावण २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्