Deshko News
६ आश्विन २०८०, शनिबार

दुबई एअरपोर्टमा विमानबाट निस्कियो भालु, मच्चियो खैलाबैला



एजेन्सी । दुबईबाट इराक जान लागेको एक एयरलाइन्सको कार्गोबाट एउटा भालु निस्किएपनि खैलाबैला मच्चिएको छ ।

विमानस्थलमा खैलाबैला मच्चिएपछि विमानले उडान भर्न एक घण्टा ढिलो गर्‍यो । उडान भर्न समय लागेपछि विमानका क्याप्टेनले यात्रीसँग माफी मागेका छन् । भालु बैधानिक तरिकाले नै विमानमा राखिएको थियो । भालुलाई दुबईबाट बगदाद लैजान लागिएको थियो ।

इराकका प्रधानमन्त्रीले घटनाको छानविन गर्न आदेश दिएका छन् । यस्तै, इराकको एयरलाइन्सले यसमा आफ्नो केही गल्ती नभएको बताएको छ ।

आफूहरूले भालुलाई बेहोस बनाउन दुबईका अधिकारीलाई पूरा सहयोग गरेको भएपनि भालु विमानको कार्गोबाट कसरी निस्कियो भन्नेबारे आफूलाई थाहा नभएको इराकको एयरलाइन्सले बताएको छ ।

भालुलाई ट्रान्सपोर्ट गर्नका लागि इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसनका सबै मापदण्ड पालना गरेको एयरलाइनले बताएको छ ।

यसबारे दुबई विमानस्थलले कुनै पनि जानकारी दिन अस्वीकार गरेको छ । इराकमा धनाढ्यबीच भालु पाल्ने प्रचलन लगातार बढ्दो छ ।

प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News