उपसभामुखको आक्रोश– देशमा कुशासन छ, उप भनेर बोल्न दिइँदैन


 


काठमाडौं, साउन २४ । उपसभामुख इन्दिरा रानाले आफूलाई बोल्न नदिइएको गुनासो गरेकी छन् ।

आज (बुधबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले उप चुप भन्ने गरिएको र आफूलाई बोल्न नदिइएको गुनासो गरिन् ।

उपसभामुखले चुप लाग्नुपर्छ भनेर संविधानले पनि नभनेको बताउँदै उनले आफू जनजातिकै छोरी भएको कारण बोल्न नदिएको हो भन्दै प्रश्न गरिन् ।

उनले अहिले प्रतिनिधि सभामा ३३ प्रतिशत महिलाले बोल्न नपाएको गुनासो समेत गरिन् । उपसभामुख रानाले देशमा शुसासन नभइ कुशासन रहेको भन्दै आक्रोश पोखिन् ।

प्रकाशित मिति: २४ श्रावण २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्