अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको मुल्य बढ्न थाल्यो



oilकाठमाडाैं, मंसिर १६

कच्चा तेल निर्यात गर्ने देशहरुको समूह ‘ओपेक’ ले कच्चा तेलको उत्पादन कटौती गर्ने निर्णय गरेको छ ।

ओपेकको यो निर्णयलगत्तै अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्न थालेको छ ।

भियनामा भएको बैठकमा ओपेकले कच्चा तेल उत्पादनमा कटौती गर्ने निर्णय गरेसँगै अन्तर्रा्ष्ट्रिय बजारमा इन्धनको मूल्यमा ८ प्रतिशतभन्दा बढी बृद्धि भएको छ ।

ओपेकका अध्यक्ष डा. मोहम्मद बिन सालेह अल सदाका अनुसार ओपेकले प्रतिदिन १२ लाख ब्यारेल कच्चा तेलको उत्पादन कम गर्ने निर्णय गरेको छ ।

यो निर्णय आगामी जनवरीदेखि लागू हुने जनाइएको छ । यो कटौती सदस्य देशहरुको कुल तेल उत्पादनको करिब तीन प्रतिशत हो । यो निर्णय लागू भएपछि ओपेकले प्रतिदिन ३२५ लाख ब्यारेल तेल उत्पादन गर्नेछ ।

आठ वर्षको अन्तरालमा पहिलो पटक सदस्य राष्ट्रहरुबीच तेलको मुल्य बढाउने उद्देश्यले उत्पादन कटौती गर्ने सहमति भएको हो । विगत दुई वर्षमा तेलको मूल्यमा प्रतिब्यारेल १०० डलरभन्दा बढी कमी आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News