राजेन्द्र लिङ्देनको प्रश्न– सांसद शर्मालाई किन पक्राउ गरियो र छोडियो ?


 


काठमाडौं, साउन २७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद डा. सुनिल शर्मालाई एक्कासी पक्राउ गर्ने र तुरुन्तै छोड्ने सरकारको भूमिका माथि नै प्रश्न उठाएका छन् ।

३४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय चाबहिलमा आयोजित रक्तदान कार्यक्रममा बोल्दै उनले पहिले नै अनुसन्धान सकिएको मुद्दामा डा. शर्मालाई पक्राउ गर्नुको कारणबारे प्रश्न उठाएका हसन् ।

‘यो पहिला नै अनुसन्धान सकिएर बसेको थियो । अहिले नै किन कार्यान्वयन गरियो ?’ उनले प्रश्न गर्दै भने, ‘सुनिल शर्माले सत्तापक्षकै सांसद भएर पनि सरकारका मन्त्रीहरु र सुन तस्कर र भ्रष्टाचारप्रति सरकारपक्षमै मन्त्रीहरुमाथि औंला उठाउनुभका कारण पक्रउा गरियो ।’

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सांसद शर्मालाई बिहीबार उनकै निवासबाट पक्राउ गरेको थियो । तर शुक्रबार जिल्ला अदालत काठमाडौंले उनीमाथि अनुसन्धानका लागि थुनामा नै राख्नुपर्ने नदेखिएको भन्दै छाड्न आदेश दिएको थियो ।

नक्कली प्रमाणपत्रको आरोपमा पक्राउ परेका अरु चिकित्सकहरु भने थुनामा नै छन् ।

प्रकाशित मिति: २७ श्रावण २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्