नेपाल भारतसँग ९९ रनले पराजित


 


nepali-women-cricket-team

काठमाण्डौ , मंसिर १७

एसिया कप महिला क्रिकेटमा नेपाल भारतसँग २१ रनमा अलआउट भएको छ ।

१ सय २१ रनको लक्ष्य पच्छ्याएको नेपाली टिम १६ ओभर ३ बलमा २१ रनमा अलआउट भएपछि नेपाल ९९ रनले पराजित भएको हो ।

नेपालका लागि सरिता मगरले बनाएको ६ रननै सबैैभन्दा धेरै भयो ।

करुणा भण्डारी, रुविना क्षेत्री र ज्योति पाण्डेले समान दुई दुई रन बनाए ।

नेपालका चारजना खेलाडी डक आउट भएको खेलमा रोशनी बोहोरा र सीता रानामगरले एक एक रन बनाए ।

पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १२० रन बनाएको थियो ।

भारतका लागि शिखा पाण्डेले सर्वा्िधक ३९ रन बनाइन् ।

त्यस्तै भेल्लसमी भनिताले २१, अनुजा पटिलले १६, हार्मनप्रित काउरले १४, नुहाज प्रविनले १३, मनिशी जोशीले ५ र सविन्नी मेगानले ४ रनको योगदान गरे ।

यो नतिजाँंगै नेपाल प्रतियोेगितामा सबै खेल हार्दै सबैभन्दा पुछारमा रहेको छ ।

नेपालका लागि सरस्वती कुमारीले २, कप्तान रुविना क्षेत्री, करुणा भण्डारी र सरिता मगरले एक एक विकेट लिए ।

नेपाल पाकिस्तानसँग ९ विकेटले, श्रीलंका र थाइल्याण्डसँग समान ८ विकेटले, श्रीलंकासँग ८ विकेट र बंगलादेशसँग ९२ रनले हारेको थियो ।

प्रकाशित मिति: १७ मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्