न्यूजिल्याण्डका प्रधानमन्त्री जोन कीद्वारा राजीनामा



John Key

न्यूजिल्याण्ड, मंसिर २०

न्यूजिल्याण्डका प्रधानमन्त्री जोन कीले राजीनामा दिने घोषणा गरेका छन् । उनी आठ वर्षदेखि न्यूजिल्याण्डका प्रधानमन्त्री थिए ।

राजीनामा घोषणा गर्दै प्रधानमन्त्री कीले सवैभन्दा गाह्रो निर्णय गरेको उल्लेख गर्दै ‘अब के गर्ने भन्नेबारे थाहा नभएको’ बताए ।उपप्रधानमन्त्री विल इंग्लिसले नेशन पार्टीले नयाँ प्रधानमन्त्री चयन नगरेसम्म कार्यवहाक प्रधानमन्त्रीको पद समाल्ने छन् ।

न्यूजिल्याण्डका सञ्चारमाध्यमहरुका अनुसार प्रधानमन्त्री कीले श्रीमती ब्रोनाघको आग्रहमा राजीनामा दिएका हुन् । तेस्रोपटकको निर्वाचनमा नेशनल पार्टीको निर्वाचनबाट चयन भएका कीले सन् २०१७ को निर्वाचनमा भाग नलिने बताएका छन् ।

पत्रकार सम्मेलनमा उनले पारिवारिक कारणले आफूले राजिनामा दिएको जनाए । उनले १२ डिसेम्बरमा औपचारिक रुपमा राजीनामा दिने बताए ।

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News