बाबर आजमले तोडे कोहलीको नाममा रहेको कीर्तिमान


 


काठमाडौं, भदौ २१ । पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमले भारतीय टोलीका पूर्वकप्तान विराट कोहलीको नाममा रहेको कीर्तिमान तोडेका छन् ।

एसिया कप क्रिकेटको बुधबार राति बंगलादेशसंग भएको ‘सुपर फोर’ चरणको खेलमा बाबर आजमले उक्त कीर्तिमान आफ्नो नाममा पारेका हुन् ।

‘सुपर फोर’ चरणको उक्त खेलमा पाकिस्तानले बंगलादेशलाई सात विकेटले हराएको थियो । त्यो खेलमा पाकिस्तानका लागि बाबर आजमले केवल १७ रन बनाएका थिए । तर, कोहलीको कीर्तिमान तोड्न बाबर आजमलाई केवल ६ रनमात्र चाहिएको थियो ।

बंगलादेशविरुद्धको खेलमा ६ रन बनाएपछि बाबर आजम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तानका रुपमा सबैभन्दा कम खेल खेलेर दुई हजार रन पुरा गर्ने खेलाडी बनेका छन् ।

२८ वर्षीय पाकिस्तानी कप्तानले ३१ खेलमा यस्तो उपलब्धि हासिल गरेका हुन् । कोहलीले भने कप्तानका रुपमा ३६ खेल खेल्दै दुई हजार रन बनाएका थिए ।

बाबर आजम अहिले आईसीसी एकदिवसीय ब्याट्सम्यान वरीयतामा पहिलो स्थानका खेलाडी हुन् । उनी टी—२० ब्याटिङ वरीयताको तेस्रो र टेस्ट वरीयताको चौथो स्थानमा छन् ।

प्रकाशित मिति: २१ भाद्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्