धरान–६ का वडाध्यक्ष भट्टराई राप्रपा प्रवेश


 


धरान, भदौ २१ । सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष भूपेन्द्र भट्टराई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्।

२०७९ वैशाखमा भएको स्थानीय तह चुनावमा स्वतन्त्र उम्मेदवार भई वडाध्यक्षमा निर्वाचित भट्टराई राप्रपामा प्रवेश भएका हुन् । उनलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपामा प्रवेश गराएका हुन्।

बिहीबार धरानमा आयोजित कार्यक्रममा वडाध्यक्ष भट्टराई राप्रपा प्रवेश गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

राप्रपाले नेताहरूलाई स्थानीय तह केन्द्रित गरी संगठन सुदृढीकरण लगायतका काममा खटाएको थियो। अध्यक्ष लिङ्देन धरानमा खटिएका थिए। सोही क्रममा उनी वडाध्यक्षलाई पार्टीभा भित्र्याउन सफल भएका हुन् ।

प्रकाशित मिति: २१ भाद्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्