पाकिस्तानले टस जित्यो, भारतलाई ब्याटिङको निम्तो


 


एजेन्सी । पाकिस्तानले एसिया कपको सुपर फोर खेलमा भारतविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

श्रीलंकाको कोलोम्बोमा भएको टसमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

पहिलो खेलमा पाकिस्तानले सुपर फोरमा बंगलादेशलाई ७ विकेटले हराएको थियो । भारत भने सुपर फोरमा पहिलो खेल खेल्दैछ ।

समूह ए बाट पाकिस्तान विजेता र भारत उपविजेता हुँदै सुपर फोरमा स्थान बनाएका हुन् । दुबै टोलीले नेपाललाई हराएका थिए ।

भारतले आजको खेलमा दुई परिवर्तन गरेको छ । लोकेश राहुल र जस्प्रित बुमराह भारतीय प्लेइङ ११ मा फर्किएका छन् । श्रेयस ऐर र मोहम्मद शामी आजको खेलमा बेन्चमा छन् ।

भारत समूह चरणमा पाकिस्तानसँग पालेकेले क्रिकेट रंगशालामा २ सय ६६ रनमा अल आउट भएको थियो । पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले चार विकेट लिएका थिए । नसिम शाह र हरिस रौफले ३–३ विकेट लिएका थिए । बायाँ हाते बलर अफ्रिदीको स्वींग र गति खेल्न सहज हुनेछैन ।

प्रकाशित मिति: २४ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्