Deshko News
८ आश्विन २०८०, सोमबार

आदिबासी जनजाति महासंघकाे अध्यक्षमा भुजेलको उम्मेद्वारी



काठमाडाैं, मंसिर २२

आदिबासी जनजातिको साझा थलोको रुपमा स्थापित नेपाल आदिवासी जनजाति महासंघको ९ औं राष्ट्रिय महाधिवेशन पौष २ गतेदेखि चितवनमा हुने भएकाले यतिबेला महासंघको नयाँ कार्यसमितिमा कसको नेतृत्वमा नव कार्यसमिति बन्ला भन्ने आम आदिवासी जनजातिको चासोको विषय बनेको छ ।

surya-bhujelआदिबासी जनजातिको हितमा हातेमालो गर्ने एउटा छाता संगठनमा बसेर जातिय मुद्दाको उठान गर्ने हेतुले आज आदिवासी जनजाति महासंघका उपाध्यक्ष, संगठन विभागका प्रमुख तथा भुजेल समाज सेवा केन्द्रिय समितिका अध्यक्ष सूर्य बहादुर भुजेल अध्यक्ष पदमा आफू निर्विरोध रुपमा अध्यक्षको जिम्मेवारी पाउने कुरामा दुईमत नै छैन, भन्छन् ।

राजनीतिक दलहरुको घुम्टो ओढेर जातियताको मूल मन्त्र जप्दै हिडेकाले महासंघमा नराम्रो ढुुसी पलाएको छ ढुसीको अन्त्य गर्नको लागि महासंघमा सूर्य भुजेलको नेतृत्व हुनु नितान्त आवश्यकता रहेको हुँदा आदिवासी जनजातिहरुले मलाई नै जिम्मेवारी दिनेमा आफू विश्वस्त रहेको भुजेल बताउँछन् ।

आदिवासी जनजातिको मूल मुद्दालाई किनारा लगाउँदै सदियौ देखि आदिवासी जनजातिहरुको मलिन मुहारको स्वरुप फेर्नको लागि नै उम्मेद्वारी दिएको भुजेल बताउँछन् ।

प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News