४० यात्री सवार विमान दुर्घटना


 


काठमाण्डौ, मंसिर २२

पाकिस्तान अन्तर्रा्ष्ट्रिय एअरलाइन्स (पीआइए)को एउटा विमान आज दुर्घटनाग्रस्त भएको छ ।

४० जना यात्री र चालकदलका पाँच सदस्यसहित पाकिस्तानको चितरालबाट इस्लामावादका लागि उडेको विमान दुर्घटनामा परेको हो ।

‘पीके–६६१’ विमान करपाल गाउँमा दुर्घटना भएको पाकिस्तानी विमान सेवाका प्रवक्तालाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
स्थानीय समयअनुसार बुधबार दिउँसो ३ बजेर ४० मिनेटमा चितरालबाट उडेको विमानको ४ बजेर १४ मिनेटमा राडारसँग सम्पर्क टुटेको थियो । घटनाको थप विवरण आउन बाकी छ ।

प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्