आज सार्कको ३१ औ स्थापना दिवस
काठमाण्डौ, मंसिर २३
आज दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन, सार्क ३१ औ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ ।
सन् १९८५ डिसेम्बरमा सार्कको स्थापना भएको थियो ।
सुरुमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, मालदिभ्स र भुटान गरी सात सदस्य राष्ट्र रहेकोमा सन् २००५ देखि अफगानिस्तान पनि थपिएपछि सार्कको सदस्य संख्या आठ पुगेको छ ।
यस संगठनले दक्षिण एशियाली मुलुकको साझा हित पहिल्याउने र विकास र समृद्धिको दिशामा काम गर्ने उद्देश्य राखेको छ ।
आतंकवादका विषयलाई लिएर सार्कका दुइ प्रभावशाली सदस्इ मुलुक भारत र पाकिस्तानका बिच रहेको कटुतापूर्ण सम्बन्धका कारण सार्कको १९ औ शिखर सम्मेलन प्रभावित भएको छ ।
अहिले सार्कको अध्यक्ष देश नेपाल हो भने सार्क सचिवालय पनि नेपाल मै रहेको छ ।
प्रकाशित मिति: २३ मंसिर २०७३, बिहिबार