भट्टराईलाई लक्षित गरी जुत्ता प्रहार, कस्ले गर्यो यस्तो ?


 


काठमाण्डौ, मंसिर २३

नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा.बाबुराम भट्टराईलाई लक्षित गरी जुत्ता प्रहार भएको छ ।

पृथ्वीनारायण क्याम्पसमा नयाँ शक्ति विद्यार्थी युनियनले नवआगन्तुक विद्यार्थीको स्वागतमा बिहीबार भएको कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईलाई कालो झण्डा देखाउँदै जुत्ता प्रहार भएको हो ।

जुत्ता प्रहार गर्ने कैलाली नारायणपुरका २९ वर्षीय सञ्जिव भट्टराई अर्थशास्त्र विषयका एम.ए.का विद्यार्थी हुन् ।

कार्यक्रममा डा.भट्टराई बोल्दै गर्दा सञ्जीवले जुत्ता प्रहार गरेका थिए ।

भट्टराई बोलिरहेका बेला पछाडि बसेका सञ्जिवले बाबुराम भट्टराई मुर्दावाद भन्दै कालो झण्डा देखाए ।

मञ्चमा बोलिरहेका बाबुरामले भने आफ्ना कार्यकर्तालाई कालो झण्डा देखाउनेलाई केही नगर्न निर्देशन दिए ।

लगतै सञ्जीवले जुत्ता प्रहार गरेका थिए । उनले प्रहार गरेको जुत्ता मञ्चसम्म भने नपुगेकाले पूर्वप्रधानमन्त्री डा। भट्टराईलाई नलागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

डा.भट्टराईमाति जुत्ता प्रहार भएपछि नयाँ शक्ति विद्यार्थी युनियनमा आबद्ध विद्यार्थीहरुले जुत्ता प्रहार गर्ने सञ्जीवलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

जसक्रममा सञ्जिवमाथि हातपात समेत भएको छ । र, उनको कान र नाकमा सामान्य चोट लागेको छ ।

सञ्जिवलाई अहिले वडा प्रहरी कार्यालय बगरमा राखिएको छ ।

 

प्रहरीलाई दिएको बयानमा उनले आफूले आक्रोशमा आएर कालोझण्डा देखाएको बताएको छन् ।

प्रकाशित मिति: २३ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्