अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस मनाइदै



काठमाण्डौ, मंसिर २४

आज अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतना मूलक कार्यक्रमको आयोजना गरी मनाइदै छ ।

हरेक वर्षको डिसेम्बर ९ मा संसारभर भ्रष्टाचार विरुद्धको आवाजलाई वुलन्द पार्न भ्रष्टाचार विरुद्धको दिवस मनाईने गरिन्छ ।

सन् २००३ मा संयूक्त राष्ट्रसंघको महासभाले आजको दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रुपमा मान्यता दिएको हो ।

भ्रष्टाचारले विश्वमा महामारीको रुप लिएपछि त्यस विरुद्ध लड्न र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।

विकासोन्मूख देशमा बढी भ्रष्टाचार हुने गरेको तथ्याङले देखाएको छ ।

दिवसका अवसरमा विभिन्न सम्बन्धित सरोकारवाला निकायहरुले विविध कार्यक्रमको आयोजना समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News