‘द भ्वाइस अफ नेपाल’ सिजन–५ को प्रसारण आजबाट सुरू


 


काठमाडौं, असोज १२ । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ५ को प्रसारण आजबाट सुरू हुने भएको छ।

यस शो अन्तर्गत १२० जनाले ब्लाइन्ड अडिसनमा प्रतिस्पर्धा गर्दैछन्। यस सिजनमा कोच परिवर्तन गरिएको छ।

अघिल्ला ३ वटा सिजनमा कोच रहेका राजु लामा र चौथो सिजनमा कोच रहेकी प्रविशा अधिकारीको ठाउँमा उदय सोताङ र मिलन नेवार देखिने छन्।

‘द भ्वाइस अफ नेपाल’ सिजन ५ हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार राति ८ बजेदेखि प्रसारण हुनेछ।

प्रकाशित मिति: १२ आश्विन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्