नेपालमा पहिलोपटक ‘देउडा आइडल’ आयोजना हुँदै


 


काठमाडौं, असोज १३ । नेपालमा पहिलोपटक ‘देउडा आइडल’ आयोजना हुने भएको छ ।

देउडा सांस्कृतिक मञ्चले शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी काठमाडौँमा देउडा आइड आयोजना गर्नेबारे जानकारी गराएको हो ।

सुदूरपश्चिम र कर्णाली प्रदेशको भाषा र संस्कृतिको प्रवद्र्धन र संरक्षण गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गर्न लागिएको मिडिया पार्टनरको रुपमा रहेको टिभी टुडे टेलिभिजनका कार्यकारी अध्यक्ष जनकराज पन्तले बताए ।

देउडा गीत, संगीतलाई स्थानीय स्तरबाट राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म विशिष्ट पहिचान स्थापित हुने खालका कला र गला भएकाहरुलाई सो कार्यक्रममा सहभागी गराइनेछ ।

कार्यक्रममा लागि सुप्रसिद्ध देउडा गीतका सर्जक नन्दकृष्ण जोशी, तिलक सिंह पेला र टिका पुनलाई निर्णायक मण्डलको रुपमा चयन गरिएको छ । कार्यक्रमको मिति केही समयमा सार्वजनिक गरिने देउडा सांस्कृतिक मञ्चले जनाएको छ ।

प्रकाशित मिति: १३ आश्विन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्