नेपाल जेसिजको अध्यक्षमा प्रकाश अधिकारीको उम्मेद्वारी घोषणा


 


काठमाण्डौ, मंसिर २४

नेपाल जेसिजको आसन्न महाधिशेनकाे राष्ट्रिय अध्यक्षमा पूर्व कार्यकारी उपाध्यक्ष प्रकाश प्रसाद अधिकारीले उम्मेद्वारी घोषणा गरेका छन् । झापाको दमक १३ निवासी ३६ बर्षिय अधिकारीले जेसिजलाई समयअनुकल समाजमा समायोजन गर्दै अघि बढाउन आफूले उम्मेद्वारी घोषणा गरेको बताएका छन् ।

जेसिजमा भएका युवाहरुलाई देश विकाश र समृद्धीको अभियानमा सहभागी गराउने अधिकारीको योजना छ । उनले भने ‘देश समृद्धीको महाअभियानमा छ ।

त्यसका लागि जेसिजले आफ्ना सबै सदस्यलाई उत्पादन र आर्थिक समृद्धीसंग जोडेर देश निर्माणको यो अभियानलाई मेरो कार्यकालमा सघाउनेछ ।’

युवाहरुलाई समाजसेवामा प्रेरित गर्न,सामुहिक सहभागितामा निर्णय गर्न र युवाहरुलाई नेतृत्वमा पु¥याउन आफूले सदैव अग्रणी हुने अधिकारीको दाबी छ । सन् २००२ बर्ष अघि जेसिजमा प्रवेश गरेका अधिकारी २०१३ मा दमक जेसिजको अध्यक्ष,२०१४को उपाध्यक्ष र २०१५ मा कार्यकारी उपाध्यक्ष थिए ।

मंसिर २५ गते देखि तीन दिन धापासीमा हुने महाधिवेशनकाे पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यकक्रम रहेको छ । महाधिवेशनलाई धापासी शाखाले आतिथ्यता गरेको छ ।

महाधिवेशनमा देशका १ सय ३८ शाखाबाट १६ सय प्रतिनिधी सहभागी हुने जेसिज सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्