‘इन्डियाज बेस्ट डान्सर’ सिजन–३ को उपाधि नेपालका समर्पण लामाले जिते


 


काठमाडौं, असोज १४ । भारतको टेलिभिजन रियालिटी शो ‘इन्डियाज बेस्ट डान्सर’ सिजन ३ को उपाधि नेपालका समर्पण लामाले जितेका छन् ।

सोनी च्यानलबाट प्रसारित नृत्य प्रतिस्पर्धा अन्तर्गत हिजो (शनिबार) रातिको ग्राण्ड फिनालेमा उनले उपाधि जितेका हुन् । उनले ट्रफी र १५ लाख भारु हात पारे । उनका नृत्य निर्देशक भावना खन्डुजाले पनि ५ लाख भारु नगदसहितका पुरस्कार पाए ।

प्रतिस्पर्धामा समर्पणसहित सिवांशु सोनी, विपुल काँडपाल, अंकित चौहान, अञ्जली मामगाई अन्तिम पाँचमा पुगेका थिए । लामा रत्ननगर नगरपालिका–१३ भीमबहादुर चोकका बासिन्दा हुन् ।

प्रकाशित मिति: १४ आश्विन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्