अनमोल केसीलाई अदालतमा उपस्थित गराइँदै


 


काठमाडौं, असोज १४ । लेनदेन विवादमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई प्रहरीले आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउँदैछ ।

उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आपराधिक विश्वासघात गरेको आरोपमा सुदर्शन थापा प्रोडक्सन नामक फिल्म कम्पनीले अभिनेता केसीविरुद्ध प्रहरीमा उजुरी दिएको थियो ।

केसीलाई भक्तपुरको साँगाबाट शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि स्वास्थ्यमा समस्या देखिएको भन्दै केसी चिरायु अस्पतालमा भर्ना भएका थिए ।

रावायण फिल्मका निर्माताले अभिनेता केसीले १० लाख रुपैयाँ लिएर पनि फिल्म खेल्न नमानेको आरोप लगाएका छन् ।

प्रकाशित मिति: १४ आश्विन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्