राप्रपाको प्रमुख सचेतकमा गिरी


 


काठमाडौँ, मंसिर २५

राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको प्रमुख सचेतकमा दिलनाथ गिरी चयन हुनुभएको छ । पार्टीको आज बसेको संसदीय दलको बैठकले दलका सचेतकमा परशुराम तामाङ, सदस्य सचिवमा आनन्ददेवी पन्त तथा कोषाध्यक्षमा दिनेश श्रेष्ठलाई तोकेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राप्रपाबीच एकीकरण भएपछि गिरी पुनःप्रमुख सचेतक बन्नुभएको हो । उहाँ यसअघि राप्रपा नेपालको प्रमुख सचेतक हुनुहुन्थ्यो ।

यसैगरी बैठकले सातवटै प्रदेशमा मङ्सिरको अन्तिम सातादेखि पुसको पहिलो सातासम्म प्रादेशिक बैठक गर्ने निर्णय गरेको राप्रपाका नेता राजाराम श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

प्रकाशित मिति: २५ मंसिर २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्