कक्षा १० काे परीक्षा चैत्र ३ गतेबाट (परीक्षा तालिका सहित)


 


भक्तपुर, मंसिर २५

परीक्षा नियन्त्रण कार्यालयले २०७३ सालको कक्षा १० को वार्षिक परीक्षा आगामी चैत ३ देखि १४ गतेसम्म सञ्चालन गर्ने भएको छ । विगतमा एसएलसी परीक्षाका रूपमा रहेको यस परीक्षालाई अब एसईई बनाइएको छ ।

परीक्षा सञ्चालन समितिको शुक्रबार बसेको बैठकले प्राविधिकतर्फ भने थप तीन दिन अर्थात् चैत १४ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएकाे छ ।

परीक्षा तालिका यस्ताे छ

  • चैत ३ गते अनिवार्य अङ्ग्रेजी
  • चैत ४ गते अनिवार्य नेपाली
  • चैत ६ गते अनिवार्य गणित
  • चैत ७ गते अनिवार्य विज्ञान
  • चैत ८ गते सामाजिक शिक्षा
  • चैत ९ गते स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण
  • चैत १० गते ऐच्छिक प्रथम
  • चैत ११ गते ऐच्छिक द्वितीय

प्रकाशित मिति: २५ मंसिर २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्