Deshko News
१५ मंसिर २०८०, शुक्रबार

इटालीमा बस दुर्घटनापछि आगलागी हुँदा २१ को मृत्यु


 


भेनिस,, असाेज १७
इटालीको भेनिस सहर नजिकैको फ्लाई ओभरमा बस दुर्घटनापछि आगलागी हुँदा दुई बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ । प्रहरी अधिकारीहरूका अनुसार भेनिससँग जोडिएको मेस्त्रे जिल्लाको रेलवे ट्र्याक नजिकै एउटा पर्खाल तोडेर बस खसेको थियो।

मृत्यु हुनेमा पाँच युक्रेनी, एक जर्मन र इटालियन चालक रहेको सहरका प्रमुख मिशेल डि बारीले जानकारी दिएका छन ।

उता, भेनिसका मेयर लुइगी ब्रुगनारोले ‘ठूलो त्रासदी’ भएको टिप्पणी गरेका छन । ‘एक सर्वनाश दृश्य, त्यहाँ कुनै शब्दहरू छैनन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

भेनिस र नजिकैको मार्गेरा जिल्लाको क्याम्प साइटको बीचमा पर्यटक लैजानका लागि बस भाडामा लिइएको बुझिएको छ ।

यो घटना लगभग स्थानीय समय अनुसार साँझ ७ः४५ बजे मा भएको थियो, जब बसले पर्यटकहरूलाई क्याम्प साइटबाट फिर्ता ल्याईरहेको थियो ।

केही स्थानीय समाचार अनुसार बस मिथेन ग्यासबाट संचालित थियो र बिजुलीको लाइनमा खसे पछि आगो लाग्न सुरु भयो ।

आन्तरिक मामिला मन्त्री माटेओ पियानटेडोसीले मृत्यु हुनेको संख्या बढ्न सक्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति: १७ आश्विन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्