गायिका दिलमाया खातीको निधन


 


काठमाडौं, असोज १७ । गायिका दिलमाया खातीको ८४ वर्षको उमेरमा निधन भएको छ ।

खातीको मंगलबार राति भारतको दार्जिलिङमा निधन भएको हो । नेपाली सुगमसंगीतकी चर्चित एवं वरिष्ठ गायिका खाती लामो समयदेखि श्वासप्रश्वास सम्बन्धी रोगबाट पीडित थिइन् ।

उनले सन् १९७२ मा ‘बिछोडको पीडा नसकी खप्न दसैंको बेलामा’ भन्ने गीत स्वरसम्राट नारायण गोपालसँग कलकत्ता पुगेर रेकर्ड गराएकी थिइन् ।

त्यसैगरी उनले ‘सम्झेर बुझेर दिइहाल त्यो जोवन,’ ‘खोलाको दुई किनार भो तिम्रो र मेरो पिरती’ लगायतका गीत गाएकी छन् ।

सन् १९३९ अक्टोबर ६ तारिखमा दार्जिलिङमा जन्मिएकी खातीलाई अरुणा लामा, शान्ति ठटाल, गोपाल योञ्जन, कर्म योञ्जन, रञ्जित गजमेरको समकालीन मानिन्छ ।

उनले दार्जिलिङमा नेपाली भाषाका एक सयभन्दा बढी गीतहरु गाएकी छन् ।

प्रकाशित मिति: १७ आश्विन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्