केपी ओलीले दिए टिकटकर आयुष र अलिजेहलाई बधाई


 


काठमाडौं, असोज २० । नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपाली नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर अलिजेहलाई बधाई दिएका छन् ।

उनीहरुको इन्गेजमेन्ट भएको उपलक्ष्यमा ओलीले बधाई दिएका हुन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई दिँदै ओलीले जाति, धर्म र सीमाले मायामा कुनै फरक नपार्ने बताएका छन् ।

उनले आफूले पनि आयुष र अलिजेहको टिकटक आफूले पनि हेर्ने बताएका छन् ।

ओलीले लेखेका छन्–‘ नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर अलिजेह जमालीले (उनीहरूको टिकटक यदाकदा हेर्ने पनि गर्छु) दुबईमाआफ्ना आमाबाबुलाई साक्षी राखेर आ–आफ्नो संस्कृति अनुसार इन्गेजमेन्ट टिकाटालो गरे । मायाले जातिको, धर्मको, देशको सीमाको पर्खाल पनि नाघेर उचाइ लिन्छ । यसले जाति, धर्म, सम्प्रदायमा भिन्नता होइन समानता खोज्न सिकाउँछ । उनीहरूलाई बधाई छ ।’

प्रकाशित मिति: २० आश्विन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्