ओएसआर डिजिटलका एमडी ओमप्रकाश अग्रवाल पक्राउ


 


काठमडाौं, असोज २१ । ओएसआर डिजिटलका म्यानेजिङ डाइरेक्टर ओमप्रकाश अग्रवाल पक्राउ परेका छन् ।

फिल्मको पाइरेशी र ठगी मुद्दामा उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको जनाएको छ ।

फिल्म ‘प्रसाद २’ का निर्माता सुवास बस्नेतले अग्रवालले आफ्नो अनुमति बिना अग्रवालले फिल्म बाहिर प्रदर्शन र प्रचारप्रसार गराएको आरोप लगाएका छन् ।

निर्माता बस्नेतले अग्रवालविरुद्ध उजुरी दिएका छन् । यसविरुद्धद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले बताए ।

प्रकाशित मिति: २१ आश्विन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्