प्रहरी वृत्तमा आक्रमण गर्ने १३ जना पक्राउ



काठमाडौं, मंसिर २६

प्रहरीको लापारर्वाहिका कारण ट्याक्सी चालक राजकुमार लामाको मृत्यु भएको भन्दै एक समुहले काठमाण्डौको नयाँबस्तीमा रहेको प्रहरी वृत्तमा आक्रमण गरेको छ ।

गएराती अत्याधिक मादक पदार्थ सेवन गरी बाटोमा बेहोस अवस्थामा भेटिएका दोलखाका ३६ वर्षीय ट्याक्सी चालक लामालाई प्रहरीले समयमै अस्पताल नपुर्याएकोले मृत्यु भएके भन्दै स्थानीय र लामाका आफन्तहरुको करिब ७० जनाको समुहले वृत्तमा आक्रमण गरेको हो ।

बेहोस रहेको लामाको अत्तरखेलस्थित अस्पताल  पुर्याउदा पुर्याउदै मृत्यु भएको थियो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी प्रधुम्न कार्कीका अनुसार आक्रमणकारीले तीन निजी र एक प्रहरीको मोटरसाईकल जलाएका छन् भने वृत्तको झ्यालका केही सिसा फुटाएका छन् ।

प्रहरीले भीड नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड अश्रुग्यास प्रहार गर्नुका साथै १३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लाक्पा शेर्पा, देवराज मगर, कुमार खत्री, डम्बरबहादुर तामाङ, विष्णु तामाङ लगायत छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News