दसैंकाे बिदामा सेवा दिइरहेका यी हुन् एनएमबि बैंकका शाखा


 


काठमाडौं । एनएमबि बैंकले दशैंका बेलामा पनि बैंकिङ सेवा दिइरहेकाे छ । बैंकले दशैंको विदामा पनि बैंकका विभिन्न शाखाबाट सेवा दिइरहेकाे जनाएकाे छ ।

बैंकका अनुसार अष्टमीदेखि एकादशीसम्म बैंकका पाँचवटा प्रदेशमा रहेका केही शाखा खुला हुनेछन् । काेशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा बैंकले सेवा दिने शाखा बिहान १० देखि दिउँसो १, १:३० र २ बजेसम्म खुल्ला रहने छन् ।

देशभरका विभिन्न शाखाहरुबाट सेवाग्राहीहरुकाे सुविधालाई ध्यान दिँदै बिदाकाे दिन पनि शाखाहरु खुल्ला गरिएकाे बैंकले जनाएकाे छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १५१ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: ६ कार्तिक २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्