प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।

बैठकमा सरकारका नियमित कामकारबाही, समसामयिक विषय तथा आवश्यक निर्णयका एजेन्डामाथि छलफल हुने जनाइएको छ।

प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार