दुर्घटनामा एक जनाको मृत्यु


 


नवलपरासी,मंसिर २८

नवलपरासीको कावासोतीमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

आज बिहान ३ बजे कावासोतीस्थित पेट्रोल पम्प नजिक लु ३ त १५७० नम्बरको ट्रयाक्टरले बाटोमा हिडिरहेका पैदलयात्रीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा कावासोती १६ का १४ वर्षीय सुवास बिक रहेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

ठक्कर दिने ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: २८ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्