स्थानीय निर्वाचन वैशाख पहिलो साता : प्रधानमन्त्री



काठमाडौं, मंसिर २९
प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय निर्वाचन वैशाख पहिलो साता हुने गरी मिति घोषणा गरिने खुलाएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले सरकारले स्थानीय निर्वाचन वैशाख पहिलो साताका लागि घोषणा गर्ने तयारी गरिरहेको बताएका छन् । अब चाँडै नै निर्वाचन मिति घोषणा हुने जानकारी गराउँदै प्रधानमन्त्रीले कुनै कारणवश वैशाख पहिलो साताका लागि निर्वाचन मिति घोषणा नभए ढिलामा वैशाख दोस्रो साताका लागि घोषणा हुने बताएका छन् ।

प्रधानमन्त्री दाहालले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनलाई थाती राखेर भए पनि निर्वाचनमा जान सकिनेसमेत खुलाएका छन् । संयुक्त मधेसी मोर्चाको नाम उल्लेख नगरी प्रधानमन्त्री दाहालले जसका लागि संविधान चाहिएको हो, उसैले समर्थन नगरे संविधान संशोधन थाती राखेर भए पनि अघि बढ्न सकिने पनि बताएका थिए । आजको राजधानी दैनिकमा सामाचार छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News