उदयपुरमा पहिलोपटक राष्ट्रिय खेल प्रतियोगिता हुने



उदयपुर, मंसिर २९

सातौं राष्ट्रिय खेलकुद–२०७३ अन्तर्गत सातौं आर्चरी राष्ट्रिय आर्चरी खेल उदयपुरमा हुने भएको छ । पुस ८ देखि १५ गतेसम्म हुने उक्त खेलका लागि पूर्वाञ्चल खेलकुद विकास समितिका पूर्व क्षेत्रीय अध्यक्ष किरन राईलाई संयोजक तोकिएको छ । उदयपुरको खेलको इतिहासमा पहिलोपटक राष्ट्रिय खेल हुने भएको हो ।

संयोजक राईले निकै ठूलो प्रयास र पहल, कदमीबाट उदयपुरमा पारिएको उक्त खेललाई सफल बनाउन सकारात्मक भूमिका निर्बाह गरिदिन सबैसंग आग्रह गर्नुभएको छ । अखिल नेपाल खेलकुद महासंघ १ नम्बर प्रदेशका संयोजक तथा सातौ राष्टिय खेलकुद प्रतियोगिताको कार्यकारी समिति सदस्य एवम् मूल आयोजक समिति सदस्य राईले जिल्लामा हुन गईरहेको पहिलो राष्ट्रिय खेलले जिल्लाको सान बढ्नुका साथै खेलको माहौल माथि उठेर जाने विश्वास ब्यक्त गर्नुभयो ।

अनुशासन उप समितिका संयोजकसमेत रहेका राईले राष्ट्रिय खेलको अबसर उदयपुरले पाएसंगै ब्यापक तयारीमा लागिएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News