सुदूरपश्चिम महोत्सव मंसिर २२ गते देखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने


 


धनगढी, कार्तिक २३ । धनगढीमा आगामी मंसिर २२ गतेदेखि सुदूरपश्चिम महोत्सव सुरु हुने भएको छ ।

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने भएका छन् ।

मंगलबार कलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको नेतृत्वको टोलीले प्रधानमन्त्री दाहाललाई भेटेरै महोत्सवको उद्घाटनका लागि निम्तो दिएको हुन् ।

प्रधानमन्त्री दाहालले पनि उद्योग वाणिज्य सङ्घ कैलालीको निम्तोलाई स्वीकार गरेको अध्यक्ष कुँवरले बताए । निमन्त्रणा कार्यक्रममा संघका उपाध्यक्ष मनोज अग्रवाल लगायत प्रतिनिधिको सहभागिता रहेको थियो ।

सुदूरपश्चिम महोत्सवको १७ औँ संस्करण यही मंसिर २२ गतेदेखि पुस २ गतेसम्म धनगढीको पशुपति टोलमा आयोजना हुँदैछ ।

प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्