मोडल दीपाशा बिसीको निधन, उडुसको औषधि खाएकी थिइन्


 


काठमाडौं, कात्तिक २३ । मोडल दीपाशा बिसी ‘जलपरी’को निधन भएको छ ।

विष सेवन गरेर बुधबार राति नै नर्भिक अस्पतालमा भर्ना गरिएकी बिसीको उपचारको क्रममा अस्पतालमा निधन भएको हो ।

उनले उडुसको औधषी खाएकी थिइन् । उनलाई सिकिस्त अवस्थामा अस्पताल पुर्‍याइएको थियो ।

निकटस्थका अनुसार उनी केही समयदेखि आर्थिक समस्यामा दिइन् । उनले मिटर ब्याजमा ऋण लिएको बताइएको छ ।

दीपाशा म्यूजिक भिडिओमा पनि सक्रिय दिइन् ।

प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्