आज पोखरामा सभा गर्दै राप्रपा नेपाल, कमल थापासहितका नेताले सम्बोधन गर्ने


 


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले आज पोखरामा आमसभा गर्दैछ ।

राप्रपा नेपाल कास्कीको आयोजनामा पोखराको चाउथे चोकमा सभा हुन लागेको हो । सभालाई अध्यक्ष कमल थापाले सम्बोधन गर्नेछन् ।

राजसंस्था पुनःस्थापनाको कार्यनीति बनाएपछि राप्रपा नेपालले सडक केन्द्रित कार्यक्रम गरिरहेको छ ।

सभालाई अध्यक्ष थापासहित उपाध्यक्ष तारानाथ लुइँटेल ,महामन्त्रीद्वय राजाराम बर्तौला र कृष्ण कार्कीलगायत नेताहरूले सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति: २४ कार्तिक २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्