टिकटक प्रतिबन्धबारे बोले प्रधानमन्त्री– किन लिए यस्तो निर्णय ?


 


काठमाडौं, कार्तिक २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले टिकटकमाथि गरेको प्रतिबन्धबारे प्रष्ट पारेका छन् ।

नेपाल संवत् ११४४ को अवसरमा काठमाडौंको बसन्तुपरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सबै दलको सहमतिमा टिकटक प्रतिबन्ध गरिएको प्रष्ट पारेका हुन् ।

प्रचण्डले सामाजिक सद्भाव, पारिवारिक एकतालाई खलबल पार्नबाट बचाउने उद्देश्यले टिकटक बन्द गर्ने निर्णय भएको दाबी गरे।

समाजमा विसंगति, विकृति, अराजकता फैल्याउने र राज्यलाई जिम्मेवारीबाट अगाडि बढ्न रोक्ने खालका प्रवृत्तिलाई के गरी रोक्ने भन्ने विषयमा लामो छलफलपछि टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय भएको उनको भनाइ छ ।

टिकटक बन्द गर्ने निर्णयप्रति केहीले चित्त दुखाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसबारे बहस हुँदै जाने समेत बताए । सोमबार बसेको मन्त्रिपरिषद्‌को बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

प्रकाशित मिति: २८ कार्तिक २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्