वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुन बैंकको कति ?


 


काठमाडौं, कार्तिक ३० । अधिकांश वाणिज्य बैंकहरुले भोलि (मङ्सिर १) देखि लागू हुने गरी ब्याजदर घटाएका छन् ।

प्रकाशित ब्याजदर अनुसार १३ वटा वाणिज्य बैंकहरुले ब्याजदर घटाएका हुन् । ब्याजदर घटनाउने बैंकमा एनआईसी एसिया, एनएमबी, एभरेष्ट बैंक, प्रभु, सानिमा, राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक, नेपाल एसबिआई, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट मेगा, कृषि विकास र ग्लोबल आइएमई बै.क छन् ।

जसमा सबैभन्दा बढी ब्याजदर घटाउने बैंक एनआईसी एशिया रहेको छ । एनआईसी एशियाले २.०३५ प्रतिशतले ब्याजदर घटाएको छ । मङ्सिरका लागि बैंकले व्यक्तिगत तर्फ ८.९६८ प्रतिशत र संस्थागत तर्फ ६.९६८ प्रतिशत ब्याज दिने भएको हो ।
सबैभन्दा कम ग्लोबल आइएमईले व्यक्तिगत तर्फ ९.६ प्रतिशत र संस्थागत तर्फ ७.६ प्रतिशत ब्याज दिने भएको छ ।

त्यस्तै, ६ वटा बैंकहरुले ब्याजदरलाई स्थिर राखेका छन् भने एक वटा बैंकले मङ्सिर महिनाका लागि आफ्नो ब्याजदर बढाएको छ । मङ्सिर महिनाका लागि नेपाल बैंक, सिटिजन बैंक, सिद्धार्थ, लक्ष्मी सनराइज, कुमारी र प्राइम कमर्सियल बैंकले कात्तिककै ब्याजदरलाई निरन्तरता दिने भएका हुन् ।

यसै गरी मङ्सिर महिनाका लागि माछापुच्छ्रे बैंकले भने आफ्नो ब्याजदर केही वृद्धि गरेको छ । कात्तिकमा माछापुच्छ्रे बैंकले व्यक्तिगत निक्षेप तर्फ ९.९९ प्रतिशत र संस्थागत तर्फ ७.४९ प्रतिशत ब्याजदर तोकेकोमा मङ्सिरका लागि भने व्यक्तिगततर्फ १०.६० प्रतिशत र संस्थागत तर्फ ८.६०३ प्रतिशत कायम राखेको हो ।

प्रकाशित मिति: ३० कार्तिक २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्