कलाकार प्रकाश ढकाल कृष्णभिरमा मृत फेला


 


काठमाडौं, मंसिर ४ । कलाकार प्रकाश ढकाल मृत फेला परेका छन् । उनी धादिङको बेनिघाट(रोराङ गाउँपालिका वडा नम्बर ७ कृष्णभिरमा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ढकालको शव आइतबार साँझ ५ बजेतिर त्रिशूली नदी किनारको खोचमा फेला परेको हो। स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ७ का उनी काठमाडौं बस्दै आएका थिए ।

उनी स्याङ्जाबाट गत शुक्रबार काठमाडौंतर्फ आएका थिए। त्रिशूलीमा र्‍याफ्टिङ गर्नेहरूले खोचमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतकको निधारमा चोट देखिएको घर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ४ मंसिर २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्