फिफा विश्वकप छनोट : आज यमनसँग भिड्दै नेपाल


 


काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ को दोस्रो खेलमा आज यमनसँग भिड्दैछ । दशरथ रंगशालामा आज बेलुका ७ बजे खेल हुनेछ।

अर्को चरण प्रवेशका लागि आजको खेल महत्वपूर्ण हुनेछ। नेपालले दोस्रो चरणको पहिलो खेल युएईसँग ४(० को हार ब्यहोरेको थियो।

यमन पनि बहराइनसँग २-० ले पराजित भएको थियो। त्यसकारण दुबै टिमलाई आजको खेल जित्नुपर्ने दबाब छ।

फिफा वरीयतामा यमन १५६औं स्थानमा रहदा नेपाल १७३औं स्थानमा छ।

प्रकाशित मिति: ५ मंसिर २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्