प्रथम किराँत गोल्डकप हुने, विजेतालाई ४ लाख रुपैयाँ


 


पाँचथर, मंसिर १० । पाँचथरमा अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम किराँत गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

पाँचथर फुटबल क्लबको आयोजना जिल्ला सदरमुकाम फिदिममा प्रतियोगिता आयोजना हुन लागेको हो । फिदिम माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा नेपालका सात र भारतको एक टिम सहभागी हुनेछ ।

प्रतियोगितामा हिमालयन शेर्पा क्बल काठमाडौं, युनाइटेड फुटबल क्लब दार्जेलिङ, रेडहर्ष इलाम, विर्तामोड युनाइटेड क्बल झापा, डीएफसी मोरङ, कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ, मितेरी फुटबल क्लब तेह्रथुम र आयोजकका टिम सहभागी हुने क्लबका अध्यक्ष अनुराग मगरले जानकारी दिए ।

शनिबार हुने पहिलो खेलमा आयोजकले तेह्रथुमको सामना गर्नेछ । विजेता टिमले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ नगद र ट्रफी तथा उपविजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ र ट्रफी पाउने छ ।

प्रकाशित मिति: १० मंसिर २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्