केपी ओली कप : सुदूरपश्चिमविरुद्ध मधेस प्रदेशले पाँच ओभरमै भेट्टायो लक्ष्य


 


काठमाडौं, मंसिर ११ । केपी ओली कप टी–२० क्रिकेटमा मधेस प्रदेश सुदूरपश्चिमविरुद्ध ८ विकेटले पराजित भएको छ ।

आज बिहान पोखरामा भएको खेलमा सुदूरपश्चिमले दिएको ५९ रनको सामान्य लक्ष्य मधेस प्रदेशले ४ ओभर ४ बलको खेलमा २ विकेट गुमाएर भेट्टायो ।

मधेस प्रदेशका लागि अनिल शाहले सर्वाधिक २५ रन बनाए भने इमरान शेखले १७ र पवन सरार्फले १४ रन जोडे ।

सुदूरपश्चिमका लागि गजेन्द्र बोहोराले २ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ५८ रन मात्रै बनाएको थियो ।

प्रतियोगितामा आजै मदन भण्डारी स्पोर्टस् एकेडेमी ब्लू र त्रिभुवन आर्मी क्लब खेल्ने छन् । यो खेल पोखरा विमानस्थलमै दिउँसो १ बजे हुनेछ ।

प्रकाशित मिति: ११ मंसिर २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्